निर्वाचन आयोगले बोलाएको बैठकमा प्रचण्ड–नेपाल पक्ष सहभागी भएन, बुझायो यस्तो पत्र

निर्वाचन आयोगले बोलाएको बैठकमा प्रचण्ड–नेपाल पक्ष सहभागी भएन, बुझायो यस्तो पत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगसँग छलफलमा बस्न इन्कार गरेको छ ।  विवाद निरूपण नभई चुनावका लागि दल दर्ताको सूचना प्रकाशित गर्न नमिल्ने जिकिरसहित सो समूह छलफलमा सहभागी नभएको हो ।   निर्वाचन आयोगले बोलाएको बैठकमा सहभागी नभएको उक्त समूहले पहिला नेकपा विवाद निरूपण हुनुपर्ने बताएको हो । 

आयोगमा एक पत्र बुझाएरफर्किने क्रममा आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै नेकपा नेता राजेन्द्र पाण्डेले दुईवटा अध्यक्षलाई छुट्टाछुट्टै सम्बोधन गरेर पत्र पठाउनु नै आयोगले विवाद छ भनेर स्वीकार गरेको बताएका हुन् ।

अध्यक्षद्वय काठमाडौंबाहिर रहेकाले आयोगमा जाने प्रतिनिधि छान्न नसकेको उनले बताए । प्रचण्ड समूहले अध्यक्षहरू काठमाडौंबाहिर रहेकाले १८ गतेपछि छलफलमा बोलाउन माग गर्दै आयोगमा पत्र बुझाएको छ । 

आयोगले बोलाएको छलफलमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू सहभागी छन् ।