प्रचण्ड-नेपाल समूहले आज विराटनगरमा विरोधसभा गर्दै, प्रचण्ड र माधवले सम्बोधन गर्ने

प्रचण्ड-नेपाल समूहले आज विराटनगरमा विरोधसभा गर्दै, प्रचण्ड र माधवले सम्बोधन गर्ने

काठमाडौं । प्रतिगमनविरूद्ध प्रचण्ड-माधव नेपाल समूहले विराटनगरमा विरोधसभा गर्ने भएको छ। शुक्रबार जनआन्दोलन चोकमा आयोजना गरिएको विरोधसभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, योगेश भट्टराईलगायतले सम्बोधन गर्दैछन्। 

प्रदेश नम्बर १ कमिटीको आयोजनामा हुन लागेको विरोध कार्यक्रममा ५० हजार जनशक्ति उतार्ने दाबी प्रचण्ड-नेपाल समूहको छ। 
विरोधसभामा सहभागी हुन वरिष्ठ नेता नेपाल र खनाल बिहीबार साँझ नै विराटनगर पुगेका छन्। प्रचण्ड लगायत नेताहरू भने अहिले विराटनगर जाँदैछन्।

विरोध प्रदर्शनअघि बिहीबार साँझ नेकपाले मसालजुलुस निकालेको थियो। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल समूह आन्दोलनमा छ।