सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीलाई दियो यस्तो आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीलाई दियो यस्तो आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा परेको निवेदनमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी भएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

अदालतले ओलीलाई आफैं उपस्थित हुन आदेश दिएको सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । अदालतमा बुढा वकिललाई बहस गर्न लगाएर तमासा गरिएको अभिव्यक्ति ओलीले दिएपछि अवहेलना मुद्दा दर्ता भएको हो ।

वरिष्ठ अधिवक्ता डा। कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरुद्ध निवेदन दिएका थिए ।  यस्तै, पूर्व सभामुख दमननाथ ढुंगाना तथा पूर्व न्यायाधीशहरू मिनबहादुर रायमाझी, सुशीला कार्की सहितविरुद्ध परेको निवेदनमा समेत कारण देखाउ आदेश जारी गरिएको छ ।