प्रचण्ड–माधवले छाडेपछि बल्ल पार्टी एकताबद्ध भयो: प्रधानमन्त्री ओली

प्रचण्ड–माधवले छाडेपछि बल्ल पार्टी एकताबद्ध भयो: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बल्ल पार्टी एकताबद्ध र अनुशासित भएको बताएका छन्। पार्टीनिकट ट्रेड युनियन महासंघ जिफन्टको काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र माधव नेपालहरू बाहिरिएपछि पार्टी एकताबद्ध भएको दाबी गरेका हुन्।

'यो पार्टी इतिहासमा अहिलेजस्तो एकताबद्ध र अनुशासित कहिल्यै पनि थिएन, ओलीले भने, त्यही पिलो टन्किरहेको रहेछ। पिलो निचोरिएपछि बल्ल आनन्द भएको छ।’ यसअघि आफ्नो पार्टीजस्तो गएगुज्रेको, भद्रगोल, अनुशासनहीन कुनै पार्टी नभएको ओलीको टिप्पणी थियो । प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड अस्थिर भएको भन्दै अब कतैबाट पनि चुनाव जित्न नसक्ने दाबी पनि गरे।

‘७४ को चुनावमा चितवनबाट हामीले गएर भोट हालिदिनुस् भनेर भाषण गरेर जिताएको हो। ७० सालमा बत्ती निभाएर बाकस साटेर जितेको हो। कटाक्ष गर्दै ओलीले भने, रोल्पादेखि सिराहासम्म भ्याइसक्नुभो अब कहाँ जानुहुन्छरु भेलामा सहभागीले ‘जंगल’ भनेपछि ओलीले अगाडि थपे, उहाँ पहिले पनि कहाँ जंगलमा बस्नुभएको थियो ररु जंगलमा अरूलाई बसाउनुभो आफूहरू जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभो।’