निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफल गर्न बोलायो

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफल गर्न बोलायो

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुबै पक्षका छलफलका लागि बोलाएको छ। आगामी बैशाखमा तोकिएको निर्वाचनका लागि गरिरहेको तयारी र दल दर्तासम्बन्धी छलफल गर्न दुबै पक्षलाई बोलाएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भोलि बिहान साढे ११ बजे दुबै पक्षबाट अध्यक्षसहित पार्टीका ५र५ जना आधिकारिक प्रतिनिधिलाई आयोगको कार्यालयमा बोलाएको जानकारी दिए। प्रवक्ता श्रेष्ठका अनुसार केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुलाई छुट्टाछुट्टै पत्र लेखेर अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्तिलाई बोलाएको हो।

पुष ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन भएको घोषणा गरेपछि बैशाख १७ गते पहिलो र २७ मा दोस्रो चरणको चुनाव घोषणा गरिएको छ। तर, प्रतिनिधि सभा विघटनविरुद्ध दर्जनौं रिट परेका छन्‌ र अहिले संवैधानिक इजलासमा बहस भैरहेको छ।

संसद विघटन भएपछि नेकपा २ समूहमा विभाजन भएको छ। यसअघि आधिकारिक नेकपा र चुनाव चिन्ह सूर्य आफ्नो–आफ्नो भएको दावी गर्दै दुबै समूहले आयोगमा निवेदन दिएका थिए। आयोगले ति निवेदन भने खारेज गरिदिएको छ।