ओलीबाहेक नेकपाका सबै पार्टी एकताका पक्षमा छन्ः वामदेव गौतम

ओलीबाहेक नेकपाका सबै पार्टी एकताका पक्षमा छन्ः वामदेव गौतम

ललितपुर । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित भएर दुई धार बनिसके पनि आफ्नो एकता अभियान नरोकिने बताएका छन्। ललितपुरमा बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले नेकपा व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेको स्वीकारेका छन्। 

उनले नेकपा व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेको भए पनि अझै कानुनी रुपमा नफुटेको बताए।  निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत ल्याएर  सरकार बनाउने ठाउँमा पुगेको यो पार्टीको गौरव एकतामै बढ्ने थियो भन्दै उनले देशको नयाँ विशेषतामा आधारित समाजवाद हेर्न संसारका मान्छे आउने भनेर खुसी भइरहेको अवस्थामा पार्टी फुटेको बताए।

गौतमले ओली समूहका अध्यक्ष केपी शर्मा ओली बाहेक सबै पार्टी एकताको पक्षमा रहेको बताएका छन्। गौतमले आफूलाई पछि एक समूहमा लाग्ने आंशका भइरहेको भन्दै आफू दुवै समूहमा नलाग्ने घोषणा गरे। उनले पार्टी एकतामा नै जुट्ने बताए।