नेकपा एकताका लागि वामदेवले सार्वजनिक गरे यस्तो अवधारणापत्र

नेकपा एकताका लागि वामदेवले सार्वजनिक गरे यस्तो अवधारणापत्र

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँग चोइटिएको नेकपालाई पुनः एक बनाउन नेकपाका उपाध्यक्ष वामदेव गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेर अवधारणापत्र सार्वजनिक गरेका छन् ।

गौतम संयोजक रहेको अभियान ६ सय ५१ सदस्यीय तथा कार्य सम्पादन समिति एक सय ७५ सदस्यीय छ । समितिमा नेकपाका केस हरि पराजुली, गौतमपत्नी सांसद तुलसा थापा, माया ज्ञवाली, त्रिविका पूर्वउपकुलपति हिरालाल महर्जनलगायत छन् ।

सिद्धार्थ कटेज धोबीघाटमा गौतमले बुधबार  सो पत्र सार्वजनिक गरेका हुन् । उनको अवधारणापत्रमा पार्टी एकता राष्ट्रिय अभियान सञ्चालनका लागि केन्द्रमा एक अधिकारसम्पन्न समन्वय समिति रहने जनाइएको छ ।  ६ सय ५१ सदस्यीय सो समितिमा एक सय ५१ जनाको कार्यसम्पादन समिति रहनेछ । 

साथै दैनिक कामका लागि आवश्यक सचिवालयसमेत निर्माण हुने अवधारणापत्रमा जनाइएको छ । प्रत्येक प्रदेशमा पनि समन्वय समिति बनाउने र प्रदेशअन्तर्गत रहेका केन्द्रीय सदस्यहरू र जिल्ला समितिका संयोजकहरू पदेन सदस्यका रूपमा रहने पनि अवधारणापत्रमा जनाइएको छ ।