सूर्य चिन्ह हाम्रो हो, ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, : माधव नेपाल

सूर्य चिन्ह हाम्रो हो, ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, : माधव नेपाल

पाँचथर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भस्मासुर’को संज्ञा दिएका छन् । पाँचथरको फिदिममा कार्यकर्ता प्रशिक्षणमा उनले ओलीकै कारण देश आक्रन्त भएको आरोप लगाएका हुन् ।

‘केपी ओलीले चुनाव चिन्ह बयलगाडा राखुन् । सूर्य चुनाव चिन्ह हाम्रो हो ।’ नेपालले ओलीलाई कटाक्ष गर्दै भने, ‘उहाँ बा भनेको सुन्न चाहानुहुन्छ, कम्रेड भनेको सुन्न चाहानु हुन्न । लालसलाम उहाँले सुन्न चाहानु हुन्न । सिद्धान्तबाट विचलन भएका छन् ।’

संसद विघटनको कदम असंवैधानिक भएको बताउँदै उनले ओलीको यस कदमविरुद्ध सबै जुट्नु आवश्यक रहेको बताए । उनले ओली जालझेल र षड्यन्त्र रच्न सिपालु रहेको बताए ।

‘केपी ओली जाली झेली मान्छे हुन् । उनको जस्तो जालझेल गर्न प्रचण्ड र मैले सक्दैनौँ । साइवरसेना बनाउने, अरिङ्गाल भन्नु भन्दै हिडेका छन् । कस्ता–कस्ता तानाशाहीको सामाना गरेर आयौँ । हामी डराउदैनौँ’, नेपालले भने ‘केपी ओलीमा निरङकुश शासकको चरित्र छ । जबज बारे केपी ओलीलाई केहि थाहा छैन् । उहाँले नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम लिन पाउनु हुन्न । ओलीमा कम्युनिस्ट सोच नै छैन् ।’