यस्तो छ निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई पठाएको पत्र (पूर्णपाठ)

यस्तो छ निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई पठाएको पत्र (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले गरेको हेरफेरलाई अस्वीकार गर्दै पत्र पठाएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकको निर्णयानुसार दुवै पक्षलाई सोमबार पत्र पठाएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनको नियम २५ को उपनियम (५) अनुसार दुवै समूहको दाबीलाई आयोगले अस्वीकार गरेको जानकारी पत्रमा दिइएको छ । नियम २५ को उपनियम (६) बमोजिम दलको साविकको विवरण नै कायम रहको पत्रमा उल्लेख छ ।

निर्वाचन आयोगले दुवै पक्षको दाबीलाई अस्वीकार गरेसँगै नेकपा विवाद नयाँ मोडमा पुगेको छ । प्रचण्ड–नेपाल समूहले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि प्रकट गरेको छ भने ओली समूहले निर्णयको स्वागत गरेको छ । आफ्नो पक्षमा बहुमत हुँदा पनि निर्णय गर्न आयोगले आनाकानी गरेको ठहर प्रचण्ड–नेपाल समूहको छ ।
पूर्णपाठ पढ्नोस्