आइओएमको डीन कार्यालय घेराउ, विद्यार्थी भन्छन् मेडिकल माफियासंग आइओएम डरायो

आइओएमको  डीन कार्यालय घेराउ, विद्यार्थी भन्छन् मेडिकल माफियासंग आइओएम डरायो

काठमाडौं : सरकारले तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजविरुद्ध आन्दोलन गरिरहेको मेडिकल विद्यार्थीहरुको समूह चिकित्सा शिक्षा संघर्ष समितिले आज त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को डीन कार्यालय परिसरमा प्रदर्शन गरेको छ ।
विहान साढे ११ बजे देखि विद्यार्थीहरुले डीन कार्यालय परिषरमा प्रदर्शन गरेका हुन् । बढी शुल्क लिने मेडीकल कलेजको सम्वन्धन खारेज गर्नुपर्ने साथै बढी लिएको शुल्क खारेज गर्नुपर्ने लगाएतका माग राखेका छन् । आइओएमका पदाधिकारीहरु मेडिकल कलेज माफियासंग डराएर कार्वाही गर्न नसकेको संघर्ष समितिका संयोजक प्रकाश चन्दले आरोप लगाए ।