माधव नेपाललाई ओलीको कटाक्षः 'चौतारामा बसेर अध्यक्ष भएँ भन्दै थे, हिजो निर्वाचन आयोगले देखाइदिएछ'

माधव नेपाललाई ओलीको कटाक्षः 'चौतारामा बसेर अध्यक्ष भएँ भन्दै थे, हिजो निर्वाचन आयोगले देखाइदिएछ'

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीको साधारण सदस्यबाटै हटाउने भनी अर्को समूहले गरेको निर्णयप्रति कटाक्ष गरेका छन् ।

‘अहिले केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटायौं रे, हाँस्न मन लाग्दैन ?’ नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकले आइतवार गरेको निर्णयप्रति कटाक्ष गर्दै ओलीले भने ।

ओली पक्षीय नेकपाद्वारा दाङमा सोमवार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी बैठक छाडेर अध्यक्ष भएँ भन्दै हिँडेकालाई निर्वाचन आयोगले देखाइदिएको भन्दै नेता माधव नेपाललाई व्यंग्य समेत गरे ।

‘केही मान्छेहरू बैठकमा नआएर, चौतारामा बसेर म अध्यक्ष भएँ भन्दै हिँड्या थे, हिजो निर्वाचन आयोगले देखाइदियो । यहाँ अध्यक्ष कोही भा’छैन भनिदियो,’ ओलीले भने । उनले विरोधीहरूले चाहँदैमा आफूलाई केही नहुने बताए ।