दुई वर्षभित्र कर्णली झलमल्ल : ऊर्जामन्त्री पुन

दुई वर्षभित्र कर्णली झलमल्ल : ऊर्जामन्त्री  पुन

सल्यान : सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कर्णाली उज्यालो बनाउने उद्घोष गरेका छन्। नेपाल पत्रकार महासङ्घ सल्यानले आज सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् र्पुयाउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री पुनले सरकारले समृद्धिको सपना बोकेर काम अगाडि बढाइरहेको भन्दै अबको दुई वर्षपछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अध्यारोमा बस्नु नपर्ने बताउनुभयो ।