काठमाडौं । संसद विघटनविरुद्को मुद्दाको सुनुवाइ फेरि एक सातालाई सरेको छ। न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने बताएपछि सुनुवाइ स्थगन भएको हो। अर्को पेसी पुस २९ गतेलाई तोकिएको छ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश कार्की इजलासमा बसेपछि प्रश्न उठाएका थिए। उनले विगतमा प्रधानमन्त्री केपी ओलीकै सल्लाहकार भएकाले संवैधानिक इजलासमा कार्कीबारे प्रश्न उठाएका हुन्।
आजको सुनुवाइमा प्रतिनिधि सभा विघटनबारे राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिएको लिखित जवाफ सुनाइएको थियो।