मैले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन भनेकै होः नेम्वाङ

मैले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन भनेकै होः नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको भनेर आफूले बोलेको स्वीकार गरेका छन्।  प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको भनेर बोलेको भिडिओ सार्वजनिक भएपछि  प्रतिक्रिया दिँदै उनले त्यतिखेर फरक सन्दर्भमा आफूले उक्त कुरा बोलेको बताए। तर त्यसलाई अहिले जोडेर हेर्न नमिल्ने उनले तर्क गरे। 

यस विषयमा अहिले भने अदालतको फैसलापछि मात्र बोल्ने उनले बताए। अदालतमा विधाराधीन भएको मुद्धाका विषयमा बोल्न नमिल्ने उनको भनाइ थियो।  ‘त्यतिबेला मैले बोलेकै हो। अहिलेचाहिँ जिम्मेवार भएर नबोलेको हो। सर्वोच्च अदालतमा विचाराधीन मुद्धाको विषयमा बोल्न मिल्दैन’, नेम्वाङले आफ्नो तर्कको बचाउ गर्दै भने,  ‘सर्वोच्च अदालतले फैसला गरेको साँझ वा भोलिपल्ट सोध्नुस्, म आफूलाई लागेको कुरा बोल्छु। अहिले बोल्दा राम्रो हुँदैन।’ 

नेपालले अंगालको संसदीय व्यवस्था बेलायतको वेस्टमिनिस्टर प्रणालीजस्तो ठ्याक्कै नभएको नेम्वाङले जिकिर गरे।  बहुमतको प्रधानमन्त्रीले जनतामा जाने विषय ठीक भएको भन्दै तर्क गरेकाले आफूले बीचमा बोल्दा ठीक नहुने नेम्वाङले दाबी गरे ।