निर्वाचन गराउन दायर भएको रिटमा आज सर्वोच्चले सुनुवाइ गर्दै

निर्वाचन गराउन दायर भएको रिटमा आज सर्वोच्चले सुनुवाइ गर्दै

काठमाडौं । सरकारले तोकेकै मितिमा निर्वाचन गराउन माग गर्दै दायर भएको रिटमा आज सर्वोच्चले सुनुवाइ गर्दैछ । अधिवक्ता दीपकविक्रम मिश्रले आइतबार दर्ता गराएको रिटको प्रारम्भिक सुनुवाइका लागि आजै पेशी तोकिएको हो । 

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सुनुवाइ भइरहेका बेला अर्को रिटमा सुनुवाइ हुन लागेको हो । रिटमा तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भन्दै निर्वाचनलाई प्रभावित पार्ने गतिविधि नगर्न र नगराउन अन्तरिम आदेश माग गरिएको छ । 

सरकारले पुस पाँच गते प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते दुई चरणमा नयाँ निर्वाचनको मिति घोषणा गरेको छ ।