काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि भोलि नयाँ दिल्ली लैजाने तयारी भएको छ । अहिले उनको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
आफू भारत जाने कुरा उनले आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई जानकारी गराएका थिए । प्रचण्डपत्नी दाहाल लामो समयदेखि अस्वस्थ रहँदै आएकी छन् । पार्किन्सनको बिरामी रहेकी सीता सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् ।
सिता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत लगिएको थियो । पछिल्लो समय घरमै आराम गरिरहेकी सिताको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।