नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन आफू सफल भएको प्रधानमन्त्री ओलीको दाबी

नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन आफू सफल भएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देश चुनावमा गइसकेकोले प्रतिनिधिसभा पुनःस्थापना नहुने दाबी गरेका छन् । काठमाडौंमा आयोजित आफूपक्षीय कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले प्रश्न गरे, ‘पुनःस्थापना हुने कुरा आयो कहाँबाट ? पुनःस्थापना हुने कसले भने ? देश चुनावमा गइसकेको छ, निर्वाचन आयोगले तयारी गरिरहेको छ ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षतर्फ लक्षित गर्दै ओलीले कार्यकर्ता झुक्याउन पुनःस्थापनाको कुरा गरिएको दाबी गरे । ‘नेपालको कम्युनिस्ट आन्दोलन ७२ वर्षमा चलिरहेको सन्दर्भमा शुद्धीकरणको अभियानमा जानेछ । त्रिशुलीमा फोहोर पर्‍यो भने छालले किनारमा पुर्‍याउँछ । त्यसबाट पनि अर्को छालले बाहिर फ्याक्ने छ,’ उनले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनको महान् शुद्धीकरण अभियान अघि बढ्नेछ, एउटा माइलस्टोन हुनेछ ।’

पार्टीको बैठकमा उपस्थित नभएर हराएका केही मान्छेहरूले एउटा सभा गर्दा नारा लगाउने विषयमै ठाकठुक परेको ओलीले बताए । ‘अस्ती हाम्रो पार्टीको बैठकमा उपस्थित नभएर हराएका केही मान्छेहरूले एउटा सभा गरेछन् । त्यहाँ एकथरिले एउटा अर्कोले अर्को नारा लगाएर त्यही ठाकठुक पर्‍यो । दुई दर्शन ढुंगो ठोक्किएजस्तो झल्याकझुलुक हुन थाल्यो,’ उनले भने, ‘भर्खर शुरू हुँदैछ तर उहाँहरूको हालत देखिन्छ । पद चाहिएको थियो भने त बैठकमा आउनुपर्थ्यो । यता लाग्नुपर्थ्यो । सुन्तला खानुपर्थ्यो भने सुन्तला घारीतिर पो जानुपथ्र्यो । सल्लाघारीतिर गएर हुन्छ रु पद चाहिएको थियो भने खडेरीमा लागेर हुन्छ?’

प्रधानमन्त्री ओलीले आफूहरूको उद्देश्य संकीर्ण, व्यक्तिगत र पारिवारिक नभएको, छोरा, भाइभतिजा छोरीका लागि नलडिरहेको बताएका छन् । ‘हामी देशका लागि लडिरहेका छौं । देशका सन्तानका लागि उनीहरूको भविष्यका लागि लडिरहेका छौं,’ उनले भने, ‘एउटा भन्छ कसको धन्धा कतातिर कसको धन्धा कतातिर । कसैको धन्धा खानतिर । अचम्म लाग्छ ।’

प्रधानमन्त्री ओलीले आफ्ना कारण नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन आफू सफल भएको र भारतका हरेक मानिसले नेपालको प्रधानमन्त्रीको नाम कण्ठ भएको बताएका हुन् ।