काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। यो आन्दोलन एक महिना लामो समयसम्म हुने नेकपाले जनाएको छ।
शनिबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन्।संविधान र लोकतन्त्र रक्षाका निम्ति दोस्रो चरणको आन्दोलन गर्नुपर्ने निष्कर्षमा पार्टी पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
‘प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र प्रतिगामी निर्णयका विरूद्ध विभिन्न दलहरूसँग छलफल गरे पनि निर्णय आइनसकेको अवस्थामा दोस्रो चरणको आन्दोलन घोषणा गरिएको छ,’ पत्रकार सम्मेलनमा श्रेष्ठले भने। वर्तमान सरकारले संविधानमा हमला गर्दै लोकतन्त्रिक मूल्य मान्यतालाई क्षतविक्षत पारेको उनले बताए। सरकार कामचलाउ भए पनि मन्त्रिपरिषद पुनर्गठनजस्ता काम जारी राखेको उनले बताए।
यस्तो छ प्रचण्ड-नेपाल पक्षले सार्वजनिक गरेको आन्दोलनको कार्यतालिकाः