प्रचण्ड–नेपाल समूहले पार्टीको खाताबाट पैसा गायब पारेको प्रधानमन्त्री ओलीको आरोप

प्रचण्ड–नेपाल समूहले पार्टीको खाताबाट पैसा गायब पारेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले पार्टीको खाताबाट  पैसा गायब पारेको आरोप लगाएका छन्। पार्टी कार्यालय कब्जा गर्ने तथा खाताको पैसा गायब गर्ने कार्य अर्को पक्षले गरेको आरोप उनले लगाए।

कार्यकर्ताले दुःख गरेर जम्मा गरेको पैसा गायब पार्ने कार्य भएको समेत उनले बताए। प्रवासमा रहेका नेपालीलाई अंग्रेजी नयाँ बर्षको शुभकामना सन्देश दिने क्रममा जुममार्फत् ओलीले भने, ‘कार्यालय कसको पछि थाहा हुन्छ। कार्यकर्ता किन भिडाउनु ?’

पार्टी विवादको टुंगो नलाग्दै रकम निकासा नगर्न पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बैंकलाई खाता रोक्का गर्न पत्र लेखेका थिए। प्रधानमन्त्री र अध्यक्ष छोड्न भद्धा ढंग दबाब दिइएको उनले बताए।