काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ।प्रचण्डलाई भेट्न गौतम ९ बजे खुमलटार पुगेका थिए । समान्नतर बैठकसँगै विभाजनको बाटो कोरेका केपी ओली र प्रचण्ड(माधव समूह कतै पनि नरहेको बताएका गौतम र प्रचण्डबीच करिव १ घण्टा कुराकानी भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार वामदेव अहिले फरक रणनीतिका साथ लागिरहेका छन् । खासगरी चिनियाँ टोली नेपाल आएपछि नेकपामा आएको विग्रहले अर्को मोड लिनसक्ने आंकलन गरिएको छ। राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुने दिन राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेवले प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।
राष्ट्रिय सभामा नेकपाकै प्रचण्ड(नेपाल समूहका सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज उठाउने बताएका छन्। नेकपाको तत्कालीन ९ सदस्यीय सचिवालयमध्ये महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री ओलीको समूहमा छन् ।
गौतमले अहिलेसम्म कित्ता क्लियर गरेका छैनन्। पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड–माधव समूह बनेको छ।