आज थपिए ५३४ जना कोरोना संक्रमित, थप नौ जनाको मृत्यु

आज थपिए ५३४ जना कोरोना संक्रमित, थप नौ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार पिसिआर परीक्षण गर्दा मुलुकभर थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ३२ हजार ४ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको छ। त्यस्तै, सक्रिय संक्रमित ६ हजार तीन सय ७८ छन्।

४ सय ४७ संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ लाख ५२ हजार तीन सय ५९ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ९६ दशमलव ८ प्रतिशत पुगेको छ। 

कुल संक्रमित  २ लाख ६० हजार पाँच सय ९३ जना छन्। बितेको २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १८ सय ५६ जना पुगेको छ। हाल क्वारेन्टाइनमा रहनेको संख्या तीन सय ६२ छ।