काठमाडाैं । प्रतिनिधिसभा विघटनपछि सरकार कामचलाउ हैसियतमा पुगेकाले मन्त्रिपरिषद् पुनर्गठन गर्न नपाइने भन्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज बुधवार सुनुवाइ हुँदैछ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेका रिटमाथि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ हुने भएको हो । रिटमाथि सुनुवाइ गर्न आज पेशी तोकिएको निवेदकमध्येका एक अधिवक्ता लोकेन्द्र ओलीले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर हुनुपर्ने माग रिट निवेदनमा गरिएको छ ।