काठमाडाैं । नेपालका लागि भारतीय पूर्व राजदूत श्याम शरणले नेपालमा नयाँ नेताको नेतृत्वमा चुनावी सरकार गठनको तयारी भएको संकेत गरेका छन् ।
द ट्रिब्युनमा लेख प्रकाशित गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गराउँदै स्वच्छ छवि भएका व्यक्तिलाई नेतृत्व दिने तयारी भएको खुलाएका हुन्।
‘ओलीलाई अहिले संसद विघटनको निर्णय फिर्ता लिन दबाब परिरहेको छ । उनलाई राजीनामाको लागि मनाउन विवादास्पद छवि नभएका व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको छ,’ द ट्रिब्युनमा उनले लेखेका छन् ।
नेपालको संकट कसरी अगाडि बढ्छ र सकंटको समाधान कसरी हुन्छ भन्ने विषयमा भारतले प्रतिक्षा गरिरहेको उनको लेखमा उल्लेख छ ।