ओली र पूर्व राजामा केही अन्तर छैन : माधव नेपाल

ओली र पूर्व राजामा केही अन्तर छैन : माधव नेपाल

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई सुधार गर्न नसकिने बताएका छन्। प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले गल्ती स्वीकार गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री ओली सच्चिन्छन् कि भनेर आफूहरुले पार्टी सदस्यबाट नहटाएको बताए।

उनले केही नेताहरु अझै पनि प्रधानमन्त्री ओलीलाई सुधार गर्न सकिन्छ कि भनेर लागिरहेको उनले बताए। उनले गल्ती स्वीकार गरेर सच्चिन तयार भए आफूहरु छलफलका लागि तयार रहेको उनले बताए।

‘हामीले उहाँलाई पार्टी सदस्यबाट हटाएका छैनौं सुध्रनु हुन्छ कि भनेर पार्टी केन्द्रिय समितिबाट हटाएका छैनौं, बालुवाटार बांगो पुच्छरलाई सोझो बनाउन सकिन्छ कि ? उहाँले पश्चाताप गर्नुहुन्छ? गल्ती भयो भन्दै प्रतिनिधिसभा पुनःस्थापना गर्नुहुन्छ भने हामी सबै कुरा बिर्सेर फेरि छलफल गर्न तयार छौं’, अध्यक्ष नेपालले भने।

अध्यक्ष नेपालले सूर्य चिन्ह गुटको नभइ पार्टीको हुने दावी गरे। उनले बालुवाटारमा बसेको बैठक गुटको भएको बताउँदै पार्टीको आधिकारिक बैठक बबरमहलमा बसेको बताए। ‘निर्वाचन आयोगमा गएर भन्यौँ, हामी ज्यूँदै छौं। सूर्य चिन्ह कुनै गुटको हुन सक्तैन, नेकपाको हुनेछ, बहुमतको हुनेछ’, अध्यक्ष नेपालले भने, ‘कोही भ्रममा नरहोस्, नेकपाको नाम र सूर्य चिन्हमा भ्रममा रहनु आवश्यक छैन।’

साथै नेता नेपालले ओली र पूर्व राजामा कुनै फरक नभएको बताए । पूर्व राजाले पनि दल र नेताविच्छे फरक फरक कुरा गर्नेगरेको स्मरण गर्दै ओलीले पनि नेकपाकै नेता बिच्छे फरक फरक कुरा गरेर भ्रम छर्ने गरेको बताए ।