ओलीले संविधानमाथि बलात्कार गरेपछि सडकमा उत्रनु पर्योः झलनाथ खनाल

ओलीले संविधानमाथि बलात्कार गरेपछि सडकमा उत्रनु पर्योः झलनाथ खनाल

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि बलात्कार गरेको आरोप लगाएका छन् । नेकपा प्रचण्ड माधव समूहले आयोजना गरेको प्रदर्शनमा सहभागीलाई सम्बोधन गर्नेक्रममा उनले पटक पटक सडकमा आउने रहर नभएपनि प्रधानमन्त्री ओलीले बाध्य पारेको बताए ।

सम्बोधन गर्दै नेता खनालले भने, ‘अहिले देशभरबाट राजनीतिक दल, नागरिक समाज सडकमा उत्रिएका छन् । हामीलाई हरेक पटक सडकमा आउन रहर होइन । केपी ओली जस्ता तानाशाहले लोकतन्त्रलाई खोस्ने प्रयास गरेका छन् । संविधानमाथि बलात्कार गरेका छन् । त्यसैले बाध्य भएर सडकमा उत्रनु परेको छ ।’

उनले बालुवाटार अहिले तानाशाहको एक गुट मात्र रहेको बताए । जनताले लोकतन्त्रको रक्षा गर्दै देशको विकास र समृद्धिका लागि दिएको भोट प्रधानमन्त्री ओलीले दूरुपयोग गरेको आरोप लगाए ।