लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी

लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी

बुटवल । बागमती प्रदेश हुँदै प्रदेश १ सम्म मुख्यमन्त्रीहरूको कुर्सी धरापमा परेकै बेला लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी थालिएको छ । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपामा फाटो आउँदा धेरैजसो प्रदेश सरकारहरु संकटमा पर्न थालेका छन् । प्रधानमन्त्री ओलीका विश्वासपात्र समेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेल अल्पमतमा पर्ने देखिएको छ ।

८७ सदस्यीय प्रदेशसभामा हाल नेकपा स्थायी कमिटि सदस्य पोखरेलले दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गरेका थिए । प्रदेशसभामा नेकपाका ६१ सांसद छन् । पार्टी विभाजन भएको अवस्थामा उनको पक्षमा ३१ सांसद मात्रै रहने छन् । तत्कालीन एमालेबाट ४१ र माओवादी केन्द्रबाट २० सांसद प्रदेशसभामा आएका थिए ।

स्रोतका अनुसार केहि सांसद प्रचण्ड-नेपाल समुहमा आउने तयारीमा छन् । पछिल्लो मन्त्रिपरिषद बिस्तारकै कारण नेताहरोमा तीव्र असन्तुष्टि फैलिएको कारण उनीहरू प्रचण्ड-नेपाल समुहमा आउने तयारी थालेका हुन् । पछिल्लो समय देखिएको समीकरणकै कारण पोखरेल नेतृत्वको प्रदेश सरकार टिकाउन आवश्यक बहुमत अर्थात् ४४ सांसद जुटाउन मुख्यमन्त्री पोखरेललाई कठिन देखिन्छ ।