नेकपालाई फुटबाट जोगाउने अन्तिम कसरतमा चीन, प्रचण्ड र चिनियाँ टोलीबीच खुमलटारमा भेटवार्ता

नेकपालाई फुटबाट जोगाउने अन्तिम कसरतमा चीन, प्रचण्ड र चिनियाँ टोलीबीच खुमलटारमा भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेकपाका प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। सोमबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यैचौ नेतृत्वको टोली प्रचण्ड भेट्न खुमलटार पुगेका थिए।

सो टोलीले प्रचण्डसँगको भेटमा पनि नेकपा एकताको सम्भावनाका बारेमा छलफल गरेको थियो । प्रतिनिधिसभा पुनस्थापना गरेमा नेकपालाई एक बनाउन सकिने राय प्रचण्डले दिएको स्रोतले बतायो । 

उक्त चिनियाँ टोलीले आइतबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओली र आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको थियो।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको र त्यसपछि नेकपाभित्र आन्तरिक विवाद बढिरहेका बेला चिनियाँ टोली नेपाल आएको छ।