काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । ब्यापक हेरफेरसहित गरिएको पुनर्गठनमा केहि नयाँ अनुहार देखिअका छन् भने केहि पटकपटक मन्त्री खाइसकेका व्यक्ति छन् ।
त्यस्तै मध्यका एक हुन् टोपबहादुर रायमाझी । यससँगै रायमाझी पांच पटक मन्त्री बनेका छन् । आज भएको नितुक्तिमा उनी ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्री बनेका छन्।
रोचक त के छ भने रायमाझी घटुवा भएका छन् । यसअघि उनले उपप्रधान सहित उर्जामन्त्री खाइसकेका हुन् । यसपटक भने मन्त्रीमात्रै बनेका छन् ।
उनीनिकट केहि नेताहरूले बताए अनुसार मन्त्री बन्न नपाएर अत्तालिएका रायमाझी जुनै मन्त्रालय भएपनि जाने सोंचमा थिए । पटक पटक मन्त्री बन्न प्रचण्ड निवास धाउने गरेका रायमाझीलाई प्रचण्डले गन्न छाडेपछि ओली कित्तामा उभिएको बताइन्छ ।
यसअघि ओलीकै पालामा उपप्रधानमन्त्री बनिसकेका रायमाझी यसपटक भने उपप्रधानमन्त्रीको पदविना नै सरकारमा सहभागी भएका छन्।