प्रचण्ड-नेपाल समूहले २९७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझायो

प्रचण्ड-नेपाल समूहले २९७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझायो

काठमाडौ । नेकपाको प्रचण्ड नेपाल समूहले दुई सय ९७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु आज आयोगको कार्यालय पुगेर पत्र बुझाएका हुन । 

प्रचण्ड नेपाल समूहले नेकपाको आधिकारिक पक्ष आफुहरुसँग रहेको दावी आयोग समक्ष गरेको हो । बहुमत सदस्यहरुको समर्थन रहेकाले आफुहरु नै आधिकारिक नेकपाको धार रहेको दाबी प्रचण्डनेपाल समूहको छ । नेकपाको ओली पक्षले पनि यसअघि नै बहुमत केन्द्रीय सदस्यहरु आफुसँग रहेको दावी गर्दै आयोगमा पत्र पठाइएको छ । 

निर्वाचन आयोगले दुबै समूहको निवदेनका आधारमा औपचारिक निर्णय गर्ने छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दफा ४३ मा दुई वा दुईभन्दा बढी दलबीच वा एउटै दलका दुई वा दुईभन्दा बढी पक्षहरुबीच दलको नाम, दलको छाप, विधान, झन्डा वा चिन्ह, दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विषयमा विवाद उत्पन्न भएमा त्यस्तो विवादको निरुपण आयोगबाट हुने व्यवस्था छ ।