गुलरियामा निर्माणाधीन घर भत्किदा एक जनाको मृत्यु

गुलरियामा निर्माणाधीन घर भत्किदा एक जनाको मृत्यु

बर्दिया : बर्दियाको गुलरियामा निर्माणाधीन घर भत्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । नेपालगञ्ज राजापुर हुलाकी सडक खण्डको बाटो विस्तार गर्ने क्रममा सडक छेउछाउमा रहेका घर तथा संरचना भत्काउने क्रममा आधा भत्काइएको घरको पडाडिबाट निर्माण भइरहेको घरको दोस्रो तला भत्किएको हो ।

गुलरिया नगरपालिका ५ मातङ्गगी चोक नजिकै रहेको दुर्गा गेष्ट हाउसका संचालक अन्दाजी ५५ वर्षीय भविप्रसाद पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।यस्तै घाइते हुनेहरुमा बढैयाताल गाउँपालिका ९ शक्तिनगरका ३४ वर्षीय मनकराम थारु र सोही ठाउँका १६ वर्षीय नवराज चौधरी रहेका छन् ।

उनीहरु मजदुर हुन् ।घाइते दुवैजनालाई बर्दिया अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज नर्सिङ्ग होम लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।