पौडेललाई फकाउन बोहराटारमा पुगे देउवा

पौडेललाई फकाउन बोहराटारमा पुगे देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन उनकै निवास पुगेका छन्। शुक्रबारको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेका नेता पौडेललाई फकाउन देउवा शनिबार बिहान बोहराटार पुगेका हुन्। भेटमा चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानुको विकल्प नभएको भन्दै सबै कुरा मिलाएर अगाडी बढ्ने विषयमा कुराकानी भएको नेताहरूले बताएका छन्।

सभापति देउवालाई हतारमा अगाडि बढ्नुभन्दा पनि संयमतापूर्वक र उदारतापूर्वक पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने सुझाव देउवालाई आफूले दिएको पौडेलले बताए। ‘चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानु जरुरी छ। पार्टीलाई एक बनाउनका लागि पार्टीभित्रका केही समस्याहरुर्लाइ न्यायपूर्ण र पारदर्शी ढंगले मिलाएर अगाडी लानुपर्छ। यहि विषयमा सभापति ज्यूसँग कुरा भएको छ। उहाँलाई धेरै हतारमा नजानुहोस् संयमतापूर्णक र उदारतापूर्वक पार्टीलाई कसरी समेटेर लान सकन्छिरु यो सभापतिको जिम्मेवारी हो।

पार्टीभित्र देखिएको असमझदारीलाई हल गर्न पौडेल समूहबाट प्रकाशमान सिंह र देउवा समूहबाट विमलेन्द्र निधिको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ। ‘ सबैभन्दा पहिले महाधिवेशनको एजेण्डा पहिलो सर्त हो। छलफलमा सहभागि उपसभापति विमलेन्द्र निधिले समायोजनको काम सकिएपछि महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने विषयमा पहिले नै सहमति भइसकेकाले यो विषयलाई अन्यथा लिन नहुने बताए।

महाधिवेशन कार्यतालिका बनाउन एक वर्षको समय थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले महाधिवेशनको कार्यतालिका नै नबनाउने नभनेको बताए। पार्टी सभापति र वरिष्ठ नेता पौडेलबीचको छलफल सकारात्मक भएको उनको भनाइ छ। ‘निर्वाचन समितिले अन्तरिम संरचनाको समायोजनको काम गर्दै छ।यसलाई प्रजातान्त्रिक पार्टीभित्र केही मान्ने कुरा पनि छैन्। शुक्रबारको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा प्रस्ताव पेश नभएपछि पौडेल समूहले बैठक बहिस्कार गरेको थियो।