अर्घाखाँचीको नरपानीमा भ्यान दुर्घटना, ३ जनाको मृत्यु

अर्घाखाँचीको नरपानीमा भ्यान दुर्घटना, ३ जनाको मृत्यु

सन्धिखर्क– अर्घाखाँचीको नरपानीमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।बुटवलबाट सन्धिखर्ककालागि छुटेको बा १७ च ६९१७ नम्बरको भ्यान सन्धिखर्क नगरपालिका–६ नगरपानीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा रुपेन्देहीको सैनामैना घर भएकी ७० वर्षीय दूर्गादेवी खड्का, ४३ वर्षका भक्त बहादुर खड्का र ४० वर्षका तीलक खड्का छन् ।दुर्घटनामा अन्य २ जना घाइते भएका प्रहरी चौकी नरपानीले जानकारी दिएको छ ।