नेकपा सचिवालय बैठक सर्‍यो

नेकपा सचिवालय बैठक सर्‍यो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बस्ने भनिएको सचिवालय बैठक नबस्ने भएको छ । नेताहरुको व्यस्तताका कारण शुक्रबारको बैठक सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठक अव कहिले बस्ने भन्नेबारे टुंगो लागि नसकेको उनले बताए । गएको मङ्सिर १४ गते बसेको स्थायी कमिटी बैठकको कार्यसूची, उपचुनावको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका बारे छलफल गर्न नेकपाको सचिवालय बैठक शुक्रबारका लागि बोलाइएको थियो ।