कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौं : नेपाली कांग्रेसले उपनिर्वानको समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

गत मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचन एवम् अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा पार्टीका रिक्त विभाग एवम् भ्रातृ संस्थाहरुलाई पूर्णता दिने विषयमा पनि छलफल हुने उनले जानकारी दिए।

कांग्रेसले आजको बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारी, सरकारका कामहरुको समीक्षा र प्रतिनिधिसभामा रिक्त सभामुख पदमा पार्टीको उम्मेदवारी हुने नहुने सम्बन्धमा पनि छलफल गर्ने तयारी गरेको छ।