सागका विजेता खेलाडीलाई नगद पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं : सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा खेलाडीहरुलाई पुरस्कार दिने घोषणा भएको हो ।

स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।