ब्रिटिश गोरखाका समस्या समाधानकालागि सहयोग गर्नुस् : गृहमन्त्री थापा

ब्रिटिश गोरखाका समस्या समाधानकालागि सहयोग गर्नुस् : गृहमन्त्री थापा

काठमाडौं: गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत०का नवनियुक्त राजदूत निकोला पोल्लिट बिच आज भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग, आपसी हित र सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

सो अवसरमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूत नियुक्त हुनुभएकामा राजदूत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उनले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदूत निकोलालाई आग्रह गरे ।

राजदूत निकोलाले बेलायतमा बस्ने नेपालीको समस्या तथा ब्रिटिश गोरखाका समस्याबारे आफूहरु गम्भीर रहेको बताउँदै अहिले धेरै समस्या समाधान भइसकेको बताइन् ।