सागको समापनमा प्रधानमन्त्रीको विशेष भिडियो कन्फेरेन्समार्फत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन्।  अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।

सदस्य सचिव सिलवालका अनुसार प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्नेछन्। नेपाली खेलाडीहरुको हैसला बढाउन प्रधानमन्त्री ओलीले उक्त कार्यक्रममार्फत विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम पनि रहेको छ ।

आज अपराह्न ५ बजे हुने लागेको सागको १३ औं संस्करणको समापनका अवसरमा प्रधानमन्त्री ओलीका साथै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा दक्षिण एसियाली ओलम्पिक कमिटीका अध्यक्ष जिवन राम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।