राष्ट्रियसभा सदस्य चयनका लागि माघ ९ गते निर्वाचनको प्रस्ताव, कसको सकिँदैछ कार्यकाल?

काठमाडौँः निर्वाचन आयोगले राष्ट्रियसभाका रिक्त हुने एक तिहाइ सदस्यको निर्वाचन माघ ९ गर्त गर्न सरकारसमक्ष मिति सिफारिस गरेको छ । आयोगले सोमबार राजनीतिक दलसँगको परामर्शपछि मिति सरकारलाई सिफारिस गरेको हो ।

आयोगको सिफारिसबारे अब मन्त्रिपरिषदले निर्णय गर्नेछ । उक्त निर्णय अनुसार राष्ट्रियसभाका एक चौथाइ सदस्यको निर्वाचन हुनेछ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार कार्यकाल सकिनुभन्दा ३५ दिनअघि निर्वाचन गरिसक्नु पर्नेछ । सभाका एक तिहाइ सदस्यको कार्यकाल माघ २० गतेसम्म कायम छ।

पहिलो पटक २०७४ मा ५६ जना सदस्यको निर्वाचन भएको थियो। तीन जना मनोनयनबाट ल्याइएका थिए। कूल ५९ मध्ये माघ २० मा १९ जनाको कार्यकाल सकिँदैछ। पहिलो निर्वाचनको चार वर्षमा २० र ६ वर्षमा २० जनाको कार्यकाल सकिनेछ।

कसको सकिँदैछ कार्यकाल
गोलाप्रथाको परिणाम अनुसार सदस्यहरु कमला कुमारी ओली, काली बहादुर मल्ल, खेमराज नेपाली, दुर्गा प्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्री प्रसाद पाण्डे, बलराम प्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युवराज खतिवडा, युटोल तामाङ, रमेश प्रसाद यादव, राज कुमार कुँवर, रामपृत पासवान, विन्दा देवी आले, वृशेष चन्द्र लाल, सरिता प्रसाईँ, सरेन्द्र राज पाण्डे र हरिचरण शिवाकोटीको कार्यकाल दुई वर्षको छ । उक्त कार्यकाल माघ २० गते सकिनेछ ।