प्रदेश ३ बाट स्वर्ण जित्नेलाई १ लाख दिने प्रदेश मन्त्रिपरिषदको निर्णय

प्रदेश ३ बाट स्वर्ण जित्नेलाई १ लाख दिने प्रदेश मन्त्रिपरिषदको निर्णय

हेटौडा : प्रदेश ३ सरकारले सागमा पदक जित्ने प्रदेशका खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ। आज बसेको प्रदेश ३ सरकारको बैठकले १३ औं सागमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको हो।

प्रदेश ३ बाट सहभागी भइ स्वर्ण पदक जित्नेलाई १ लाख रुपैयाँ, रजत जित्नेलाई ५० हजार रुपैयाँ र कास्य पदक हासिल गर्नेलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान र प्रोत्साहन गर्ने निर्णय गरेको हो।