बिरामी बेहोस बनाउने कर्मचारी फाइल बोक्ने काममा सरुवा : मन्त्री ढकाल

बिरामी बेहोस बनाउने  कर्मचारी  फाइल बोक्ने काममा सरुवा : मन्त्री ढकाल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ठीक ढंगले नभएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बिरामी बेहोस बनाउने तालिम लिएका कर्मचारी स्थानीय तहमा फाइल बोक्ने काममा सरुवा भएको टिप्पणी गरे ।

‘जुन ढगंले समायोजन हुनुपर्ने त्यो ढंगले कर्मचारी समायोजन भएको छैन’ मन्त्री ढकालले भने । उनले समायोजनका क्रममा आएका २ हजार गुनासोमध्ये १ हजार गुनासो व्यवस्थापन गरेको र १ हजार गुनासोको व्यवस्थापनको क्रममा रहेको पनि जानकारी दिए । ‘हामीले हिमाली जिल्लाहरुमा खाली भएका दरबन्दीमा प्रोत्साहन गरी सेवा सञ्चालन गर्ने तयारी रहेको बताएका छन् । ।

जनु ठाउँमा आवश्यकता र माग बढ्दो छ भने त्यो ठाउँमा कर्मचारी पठाउने हो भने समायोजनको समस्या सुधार हुँदै जाने मन्त्री ढकालले बताए । उनले यसअघि स्वास्थ्य मन्त्रालय व्यक्ति केन्द्रित रुपमा चलेको भन्दै अब विधिकेन्द्रित बनाउन सुझाव समेत दिएका छन् ।