सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु, प्रधानमन्त्री उनुपस्थित

सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु, प्रधानमन्त्री उनुपस्थित

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक  पार्टी कार्यालय धुम्बराहिमा सुरु भएको छ । बिहान ९ बजे नै बोलाईएपनि नेताहरुको समय व्यवस्थापन हुन नसक्दा बैठक दिउँसो एक बजेका लागि सरेको हो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही वैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्नेछन्। आजको बैठकमा उपनिर्वाचन समीक्षा र पार्टीको एकता प्रकृया टुंग्याउने विषयमा पनि छलफल हुने बताइएको छ।

अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेश गर्ने एजेण्डाबारे हिजो नै पार्टीका नेताहरुसँग छलफल गरिसकेका छन्। पार्टी एकता प्रकृयालाई पूर्णता दिँदै छ महिने अभियान चलाउने योजना समेत प्रचण्डले बैठकमा पेश गर्दैछन्।

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने स्वास्थ्यका कारण देखाउँदै सचिवालय बैठकमा उपस्थित भएका छैनन् । तर उनले आजै साझ बस्ने मन्त्रीपरिषदको बैठकको अध्यक्षता भने गर्ने बुझिएको छ ।

सत्तारुढ दल नेकपाको गत ४ मंसिरमा बसेको सचिवालय बैठकले सरकार सञ्चालनको मूल जिम्मेवारी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गर्ने र पार्टी सञ्चालनको मूल जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको थियो ।