प्रधानमन्त्री ओलीको स्वाथ्यमा सुधार, आज मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक सोमवार बस्दैछ । एपेन्डिसाइटिसको शल्यक्रियापछि दश दिन अस्पताल बसेर फर्किएपछि प्रधानमन्त्री विस्तारै काममा फर्किएका छन् ।

मन्त्रिपरिषद बैठक अपरान्ह ४ बजे बोलाइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए । १४ दिनअघि प्रधानमन्त्रीलाई अचानक स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

र दिनअघि अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्रीले यसबीचमा सीमित व्यक्तिहरुसँग मात्र भेटघाट गरेका छन् ।