नेकपा सचिवालय बैठक : वैचारिक तथा सांगठानिक प्रस्ताव पेश हुने

नेकपा सचिवालय बैठक : वैचारिक तथा सांगठानिक प्रस्ताव पेश हुने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज दिउँसो एक बजे बस्ने तय भएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही वैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्नेछन्। बिहान ९ बजे नै बोलाईएपनि नेताहरुको समय व्यवस्थापन हुन नसक्दा बैठक दिउँसो एक बजेका लागि सरेको हो।

आजको बैठकमा उपनिर्वाचन समीक्षा र पार्टीको एकता प्रकृया टुंग्याउने विषयमा पनि छलफल हुने बताइएको छ। अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेश गर्ने एजेण्डाबारे हिजो नै पार्टीका नेताहरुसँग छलफल गरिसकेका छन्।

पार्टी एकता प्रकृयालाई पूर्णता दिँदै छ महिने अभियान चलाउने योजना समेत प्रचण्डले बैठकमा पेश गर्दैछन्। आजै दिउँसो चार बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक डाकेका छन्।