कफीका रमाइला किस्सा

कफीका रमाइला किस्सा
फाइल फोटो ।

काठमाडौं । कफीको इतिहास बढो गज्जवको छ । कफी इथोपियाबाट सुरु भएको मानिन्छ ।

केहि किस्सा यस्ता छन् :

१८औं शताब्दीमा इथोपियाको जंगलमा बाख्राले सधै एक प्रकारको पात र फल खाएर दिनदिनै मोटाउँदै गएको र फुर्तिलो बन्दै गएको फेला प¥यो । अरु किसानको बाख्रा दुब्लाए पनि त्यो पात र दाना खाने बाख्रा हृष्टपुष्ट हुनुको रहस्य किसानले खोतल्न थाले । पछि वैज्ञानिकले उक्त फल कफी भएको भनेर पत्ता लगाए ।

अर्को भनाई अनुसार, एउटा यात्री जंगलको बाटो यात्रा गरिरहेका थिए, उनले चराले कफी खाइरहेको र उनीहरुमा छुट्टै खालको फूर्ती आएको देखे । कस्तो फल रहेछ त भनेर चाखी हेर्दा उनमा पनि आफू फूर्तिलो भएको आभाष भयो, उनले त्यसलाई पानीमा उमालेर पनि खाए, निकै राम्रो स्वाद लाग्यो र यसलाई घरमा रोपे । 

कफी शब्द कहरुवा भन्ने अरविक शब्दबाट आएको हो, यसको मतलव हुन्छ पिउने वाला चिज । कफि इथोपियामा पत्ता लागे पनि यसलाई पिउने संस्कार भने यमनबाट सुरु भएको पाइन्छ ।

यमनका मुस्लिम समुदायले रातको समय प्रार्थना गर्नका लागि निन्द्रा नलागोस् भनेर कफी पिउन सुरु गरे । विस्तारै पुरै अरव भर नै कफीको प्रयोग हुन थाल्यो, यहाँसम्म कि, मक्का, मदिना लगायत ठुला शहरहरुमा पनि कफीले ब्यापकता पायो ।

सन् १५११ ताका, मक्काको इमामो अर्थात, प्रमुखले कफी पिउन बन्देज गरिदिए । उनलाई सायद यसमा अल्कोहल जस्तो गुण होला भन्ने लाग्यो ।

१५२० ताका भने अटोमन एम्पाएरले कफी पिउन सकिन्छ भनेर बन्देज फूकुवा गरियो । त्यसो त इथियोेपियामा पनि कफि पिउनका लागि बन्देज लगाइएको थियो । त्यो समयमा चर्चले यो मुस्लिमले पिउने पदार्थ हो भनेर क्रिष्टियन समुदायलाई कफी पिउन बन्देज लगाइयो ।

अफवाह फैलाइयो कि, यो लफङ्गा र धर्म नभएका मानिसले मात्रै पिउने पदार्थ हो । यसमा नशा हुने, काम नभएका आवाराले मात्रै पिउने चिज हो भनेर कफीको ब्याख्या गरियो, किनभने त्यतिखेर आफूलाई बौद्धिक भन्नेहरु दिनभर कफी पिएर चौतारीमा गफ हाँकेर बस्थे ।

एकदिन त्यहाँका राजाले, सबैलाई भुतुक्क बनाउने कफी कस्तो रहेछ भनेर चाखे । उनलाई पनि स्वाद र यसले दिने फूर्ति मन प¥यो र बन्देज फूकुवा गरिदिए ।  

यसरी कफीले आफ्नो साम्राज्य फैलाउँदै, नेपालमा पनि आइपुग्यो । वि.सं. १९९५ मा हिरा गिरीको साथ लागेर कफी नेपाल आएको इतिहास छ ।
यसरी बिभिन्न तार र तप्का पार गर्दै आएको कफीका बिषयमा विभिन्न अफवाहहरु अझै छन् । जस्तो कि, कतिले यसलाई पिउन नहुने, हानी गर्ने भन्छन् भने कतिले भन्छन् यसले फाइदा गर्छ ।

सत्य के छ हो त, आउनुस् जानौ –
कफीमा क्याफिनको मात्रा अत्याधिक हुन्छ । क्याफिन भनेको एक मनोस्फूर्तिदायक वा साइकोएक्टिव (मस्तिष्कलाई प्रभावित गर्नें) उत्तेजक औषधिय गुण हो । यसले हाम्रो दिमागलाई ताजा रहन मद्दत गर्दछ । आजभोली प्रायः औषधीमा क्याफिनको प्रयोग गरिन्छ ।

उत्तेजक औषधिय गुण भन्ने वित्तिकै त्यसले लत लागाउँछ । विश्व स्वास्थ्य संगठनको मापन अनुसार, कफिमा लागुऔषधको मात्रा भएपनि यो पिउन योग्य पेय पदार्थ हो । निश्चित मात्रामा कफी पिउँदा हाम्रो शरिर फूर्तिलो बन्नेदेखि दिमागले समेत राम्रो काम गर्छ ।

दिमागलाई फाइदा पु¥याउँछ भन्दैमा यसको जथाभावी उपयोग भने गर्न हुँदैन । हामी स्वादिलो बनाउन दुध, चिनी पनि कफीमा राख्छौं, त्यसले शरिरलाई राम्रो गर्दैन । तातो पानीमा एक चिया चम्चा कफी राखेर पिए मात्रै यसको सकारात्मक फाइदा हाम्रो शरिरले पाउँछ ।

यसमा क्याफिन पाइने भएकाले यदि हामीले धेरै पियौं भने लत लाग्छ र हरेक लत बिस्तारै कुलतमा बदलिन्छ । कुलतले कहिल्यै हाम्रो शरिरलाई फाइदा गर्दैन ।

त्यसैले दिनमा दुई कप मात्रै कफी पिउनुपर्छ । साथै दिनभर शरिरलाई चाहिनेजति पानी पिउन अनिवार्य छ । नत्र युरिनको समस्या देखापर्न सक्छ ।

कफीलाई हामी बिहान ब्यायम गर्नुअघि प्रयोग गर्न सक्छौं । यसले इनर्जी दिनुका साथै हाम्रो दिमागलाई ब्यायममा लामो समयसम्म टिकाइ राख्न सहयोग गर्दछ । 

बेलुका चार बजेतिरै, फेरी अर्को कप कफी पनि पिइसक्नुपर्ने हुन्छ । किनभने कफी पिएको चार देखि पाँच घण्टासम्म निन्द्रा लाग्दैन ।