पश्चिमी वायुको प्रभाव : कहि हिमपात त कतै बर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव : कहि हिमपात त कतै बर्षाको सम्भावना

काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएकाले केहि जिल्लामा पानी पर्ने र केहि स्थानमा हिमपात पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मुलुकको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका केही भूभागमा कुहिरो लागेको अवस्थामा रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी अनुमान यस्तो छ :
कात्तिक १९ गते (मंगलबार)
दिउँसो स् देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहने छ । देशका पूर्वी र मध्य पहाडी भूभागको १ वा २ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति स् देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

कात्तिक २० गते (बुधबार)
दिउँसो स् देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति स् देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कात्तिक २१ गते (बिहीबार)
दिउँसो स् देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडी भूभागमा १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति स् देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडी भूभागमा १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।