ज्ञानेन्द्र शाहीमाथी आक्रमण गर्ने एक जना पक्राउ

ज्ञानेन्द्र शाहीमाथी आक्रमण गर्ने एक जना पक्राउ

चितवन प्रहरीले चितवनमा ज्ञानेन्द्र शाहीमाथी आक्रमण गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने गोप्य राखिएको छ ।आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीमाथी चितवनको भरतपुरस्थित चोबिसकोठीमा अज्ञात समुहले गत असोज ११ गते आक्रमण गरेको थियो ।

अन्यको खोजी कार्य जारी रहेको प्रहरी भनाई छ ।बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर एक कार्यक्रममा जाँदै गर्दा शाहीमाथी आक्रमण भएको थियो । आक्रमणमा शाहीको टाउकोमा चोट लागेको थियो ।