तुलसीपुर–१८ मा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह सुरु

तुलसीपुर–१८ मा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह सुरु

दाङ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (डब्लुएएडब्लु २०२६) को अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा आजदेखि साताव्यापी जनचेतनामूलक कार्यक्रम सुरु भएको छ।

“एक स्वास्थ्य, एक अभियानः प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम” भन्ने मूल नारासहित मङ्सिर ३ देखि ९ गते (नोभेम्बर १८ देखि २४) सम्म सञ्चालन हुने यस अभियानमा एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग रोक्न तथा प्रतिजैविक प्रतिरोध (एएमआर) बारे समुदायस्तरमा सचेतना फैलाइनेछ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा र वडा नं. १८ को संयुक्त आयोजनामा सुरु भएको उक्त कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन नेपाल (डब्लुएचओ नेपाल), नाइम्याट ग्लोबल र रोट्र्याक्ट क्लब अफ दाङको सहकार्य रहेको छ।