वडा सदस्यका छोराले विद्यालय परिसरमै प्राचार्यलाई पिटे

वडा सदस्यका छोराले विद्यालय परिसरमै प्राचार्यलाई पिटे

काठमाडौं । बूढानीलकण्ठस्थित बालउद्धार माविका प्राचार्य विनोद पण्डित आफ्नो विद्यालयको प्राङ्गणमा पिटिएका छन् । भर्नासम्बन्धी विवादमा स्थानीय युवाले उनलाई हातपात गरेका हुन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ परेका निशान दाहाल वडा नम्बर १० कि वडासदस्य रिता दाहालका छोरा हुन् । वडासदस्य दाहालले आफ्नी छोरीलाई विद्यालयमा भर्ना गर्न खोजेको तर प्राचार्यले म्याद सकिएको जवाफ दिएपछि विवाद भएको थियो ।

यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे पनि पक्राउ परेका छन् । उनले पनि आफ्नी छोरीलाई कक्षा ११ मा भर्ना गर्न माग गरेका थिए । पक्राउ पर्ने दुवैजना नेकपा एमालेमा आवद्ध छन् ।

सार्वजनिक भएको भिडिओ फुटेजमा प्राचार्य पण्डितसँग एक युवकले विवाद गरिरहेको देखिन्छ । कुरा नमिलेपछि युवकले प्राचार्यलाई मुक्का र लात्तिले भक्काभक प्रहार गरेका छन् ।
विद्यालय भर्नाको बहाना भए पनि विवादको जड व्यवस्थापन समितिको निर्वाचन रहेको जनाइएको छ ।

छुटाउनुभयो कि ?