ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ। सुन तोलामा छ हजार ७००  र चाँदी १ सय ४५ रूपैयाँले बढेको हो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८ सय ४५ रूपैयाँ कायम भएको छ। 

हिजो सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ७०० मा कारोबार भएको थियो। 

गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७ सय २० रूपैयाँ कायम भएको थियो। 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।