मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सामाजिक क्षेत्रमा मान र प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। आज सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ।
वृष : आम्दानी बढ्ने छ। आज घुमफिरको योजना बन्न सक्छ। बोलीमा सरस्वतीको बास हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने समय छ।
मिथुन : रमाइलो यात्राले दिन सहज बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथी सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।
कर्कट : पेट सम्बन्धी समस्या बढ्नसक्छ। धेरै काम गरेर थोरै बोल्नुपर्ने समय आएको छ। परिवारमासमेत विरोध हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।
सिंह : परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भने अवसर प्राप्त हुने योग रहेको छ।
कन्या : व्यापारमा भएको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ। परिवारमा तपाईंको निर्णय कार्यान्वयन नहुने अवस्था छ।
तुला : योजना अनुसार काम बन्नेछ। मिष्ठान्न भोजन हुनेछ। साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन्। पारिवारिक मेलमिलाप हुनेछ।
वृश्चिक : मन अशान्त बन्नेछ। पिपललाई दाहिनु पारेर गरेको यात्रा सफल बन्नेछ। बन्धुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
धनु : राज्यको माथिल्लो निकायबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ। जागिरमा बढुवा हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ।
मकर : सञ्चित धन खर्च हुनेछ। आफन्तबाट धोका हुनसक्ने जोखिम छ। धार्मिक क्षेत्रको लगानी भए फाइदा हुनेछ। धार्मिक र बौद्धिक व्यक्तिसँगको भेटले दिन सहज बन्नेछ।
कुम्भ : योजना सहजै सफल बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मीन : सम्पत्ती कमाउने दिन छ। अरुसँग नम्र शैलीमा प्रस्तुत हुनुपर्ने समय छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।